नेविसंघका महामन्त्री काफ्ले खतरामुक्त

काठमाडौं । हृदयाघात भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रको सघन उपचार कक्षमा उपचाररत नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्ले खतरामुक्त रहेको अस्पतालले जनाएको छ । 

भर्खरै चिकित्सकले दिएको जानकारीअनुसार उनी खतरामुक्त रहेको र अझै २४ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने अस्पतालमा रहेको नेपाल विद्यार्थी सङ्घ फोट्सका अध्यक्ष सुवास घिमिरेले जानकारी दिए । 

काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो । काफ्ले नेविसङ्घको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?