प्रधानमन्त्री ओलीद्वारा डडेल्धुरा बस दुर्घटना प्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीवार डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै दुःख व्यक्त गरेका हुन् । 

‘डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो सङ्ख्यामा यात्रु घाइते भएको खबरले आफू अत्यन्तै मर्माहत भएको छु’ ट्वटीमा उल्लेख छ । 

उनले दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?