काठमाडौं । दशैँ अघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन शुक्रवारदेखि खुलेको छ ।
शुक्रवार बिहान यातायात व्यवस्था विभागले १० बजेदेखि अनलाइन फारम खुल्ला भएको जानकारी दिएको हो । काठमाडौं उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भर्याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चार कार्यालय मार्फत अनलाइन आवेदन भर्न सकिने पनि जानकारी दिएको छ ।
चारवटै कार्यालयबाट, बाइक, स्कुटर र कार तथा जीपका लागि आवेदन दिन सकिने यातायात व्यवस्था विभागले जनाएको छ ।
अनलाइन आवेदन विभागको वेबसाइटमा गएर भर्न सकिन्छ। यातायात व्यवस्था विभागले देशैभर लाइसेन्सको फारामका लागि अनलाइन अनिवार्य गरिसकेको छ। परम्परागत कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स अनिवार्य गरिएता पनि करिब ६ लाखले ट्रायल परीक्षा पास गरेर लाइसेन्स पाउन सकेका छैनन्।
यातायात व्यवस्था विभागले उक्त ब्याकलक हटाउनका लागि निजी कम्पनी मालिका इन्कर्पोरेशनलार्इ लाइसेन्स छपाईको जिम्मेवारी दिएपनि पर्याप्त छपाई गर्न सकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया