डडेल्धुरा बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १८ पुग्यो, १० को सनाखत

डडेल्धुरा । बिहीवार साँझ डडेल्धुरामा यात्रुवहाक बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ भने १० जनाको सनाखत भएको छ । 

केआई सिंह राजमार्गको रडुवा खोलामा भाडामा लिइएको स्कुल बस बिहीवार दुर्घटना हुँदा अन्य २६ जना घाइते भएका छन् ।

दुर्घटनाबाट ज्यान गुमाउनेहरुमा डोटीको दिपायल सिलगढी नगरपालिका–४ का ३५ वर्षकी शशी विक, २५ वर्षकी गोदा भाट, वडा ८ का ४० वर्षका कैलाश रावल र ४० वर्षका योगेन्द्र रावल, कैलाली गोदावरी १० का पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का १७ वर्षका तिलक खाती, डडेल्धुरको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षका चक्र धामी, डोटी शिखर नगरपालिका १० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा ३ का ३० वर्षकी माया रावल  र ३० वर्षका तेज धामी रहेका छन् । 

दुर्घटनाबाट ज्यान गुमाएका अन्य ८ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?