काठमाडौं–संसदीय सुनुवाई विशेष समितिले सरकारले हालै सिफारिस गरेका ४ जना राजदूतविरुद्ध औपचारिक रुपमा उजुरी आह्वान गरेको छ ।
समितिले एक औपचारिक सूचना जारी गर्दै सरकारबाट सिफारिस भएका भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढकाल र इजरायलको लागि अञ्जान शाक्यको नाम सुनुवाईका लागि पत्र आएको भन्दै उजुरीको लागि आह्वान गरेको हो ।
समितिले सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन स्पष्ट रुपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचनादाताको नाम गोप्य राखिने पनि जनाएको छ ।
समितिको सूचनामा भनिएको छ–उक्त पदमा उहाँहरुलाई नियुक्ति गर्न उपयुक्त छ्रैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् सबुत प्रमाणसहित मंसिर १७ गते कार्यलय समयभित्र यस समितिसमक्ष उजुरी दिन सकिने व्यहोरासमेत सबै सूचनाद्वारा सूचित गरिन्छ ।’
समितिबाट सरकारले सिफारिस गरेको सो नाम अनुमोदन भएमा राष्ट्रपतिबाट प्रमाणीकरण भएपनिनियुक्तिकनो बाटो खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया