तेह्रथुम । म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा सात लाख मूल्य बराबरको सामान जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार घरको चुलोबाट अचानक निस्किएको आगो दुईतले कच्ची घरको बनेको फुसको छानोसम्म पुग्दा घरसहित १० हजार, घरभित्र रहेको अन्नपात, काठपात, भाडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको हो ।
आगलागी भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया