इलाम– नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिलाई काम गर्न कसैले नरोकेको बताएका छन् ।
नेपाल प्रेस युनियन इलामले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापति शेरवहादुर देउवाले पार्टीलाई सही दिशामा हिँडाउन नसकेको र कार्यकर्तालाई एकताबद्ध गर्न नसकेको आरोप लगाए ।
काङ्ग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिटौलाले दरो प्रतिपक्षको भूमिकासमेत काङ्ग्रेसले निर्वाह गर्न नसकेकोमा दुःख व्यक्त गर्दै एकताबद्ध र सही तरीकाले काम गर्न नसक्नुको दोष पार्टी नेतृत्वले लिनुपर्नेमा जोड दिए ।
नेता सिटौलाले वर्तमान सरकारले संविधान बाहिर गएर काम गर्न थालेको आरोप लगाउँदै अहिलेसम्म सरकारको कार्ययोजना हेर्दा पूरै असफल भएजस्तो देखिएको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया