नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार नभएको सचिवालयले जनाएको छ ।
बुधबार र बिहीबार दाहालको चितवनमा विभिन्न कार्यक्रम भएको भएपनि कुनै किसिमको अभद्र व्यवहार र अप्रिय घटना नभएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।
बिहीबार बिहान भरतपुर महानगरपालिका वडा नं २३ कृष्णचोकमा पार्टी प्रवेशका क्रममा एक जना व्यक्ति मदिरा सेवन गरी कार्यक्रमस्थल बाहिर सामान्य हल्ला गरेको र उक्त व्यक्तिलाई सुरक्षाकर्मीले सम्झाईबुझाई पठाएको उनले बताए ।
यही सामान्य विषयलाई अतिरञ्जित गरी केही सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार प्रकाशित गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
यसैबिच जिल्ला प्रहरी कार्यालय चितवनले पनि दाहालको दुईदिने चितवन बसाईका क्रममा कुनै किसिमको अभद्र व्यवहार नभएको स्पष्ट पारेको छ ।
कृष्णचोकको कार्यक्रममा प्रचण्डलाई खुकुरी प्रहार गर्न खोजियो भनेर केही अनलाइन मिडियाहमा अफवाह फैलिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया