गृहमन्त्री बादल हातमा कुचो र मुखमा मास्क लगाएर सडकमा निस्किए

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अरनिको राजमार्ग सफाइ अभियान शुरुवात गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीवार बिहान आयोजना गरेको सरसफाइ कार्यक्रममा गृहमन्त्री बादल हातमा कुचो र मुखमा मास्क लगाएर सडकमा निस्किएका हुन् । 

फूलमाला लगाएर सडकमा निस्किएका उनले सडक बढारेका थिए ।

सरसफाइ कार्यक्रममा कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका राजनीतिक दलका नेताहरु, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?