विप्लवको जनसभामा विप्लव नै नआउने

काठमाडौं-विप्लव नेतृत्वको नेकपाले आगामी मंसिर आठ गते काठमाडौंमा आयोजना गरेको जनसभाको सवै तयारी पुरा भएको जनाएको छ ।

‘सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔं, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौं’ भन्ने मुल नाराकासाथ जनसभा गर्न लागेको हो ।

जनसभामा देशभरबाट ५० हजार आउने नेकपाले जनाएको छ ।

पार्टीका महासचिव नेत्रबीक्रम चन्द विप्लव नआउने सो पार्टीका केन्द्रीय सदस्य चीरन पुनले जानकारी दिए । उनले भने– ‘हाम्रो पार्टीले प्रकाण्ड ज्यू प्रवक्ता प्रमुख वक्ताका रुपमा आउने निर्णय गरिसकेको छ । त्यसैले पनि विप्लव ज्यू आउनुहुन्न ।’

 आफ्नो पार्टी भूमिगत नभई खुलमखुल्ला राजनीति गर्दै आएको नेकपाले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?