काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्रअनुसार समितिले सुनुवाइ प्रक्रिया प्रारम्भ गर्दै शुक्रबारदेखि उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रस्तावित राजदूतविरुद्ध कुनै उजुरी भएमा सरोकारवालाहरुले मङ्सिर १७ गतेसम्म समितिमा दिन सक्नेछन् ।
सुनुवाइ समिति सदस्य योगेश भट्टराईले चारै जना राजदूतको सुनुवाइ प्रक्रिया सुरु भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया