काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न आएका एक पूर्वलडाकुले गृहमन्त्रीकै सामुन्ने विष सेवनको प्रयास गरेका छन् ।
स्रोतले जनाएअनुसार पूर्वलडाकु कुलप्रसाद भट्टराई सिंहदरबारमा बादललाई भेट्न पुगेका थिए । उनले मन्त्रालयमा गृहमन्त्री बादलसँग कुरा गरिरहेका बेला विष निकालेर आत्महत्या गर्ने प्रयास गरेका हुन् ।
लगत्तै उनलाई रोकिएको थियो ।
उनले गृहमन्त्रीलाई भेट्नुअघि पनि विष सेवन गरेको शंका गरिएको छ । अहिले उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । घटनाको बारेमा अरु केही खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया