काँग्रेस बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार सम्मको लागि स्थगित भएको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज केहीबेर बसेको बैठक भोलि दिउँसो २ बजेसम्मको लागि स्थगित भएको पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा नेपाल विद्यार्थी संघका बारेमा उपसभापति विमलेन्द्र निधिले विषय प्रवेश गराएका छन्  । सो विषयमा भोलि विस्तृतमा छलफल हुनेछ ।

नेविसंघको वर्तमान केन्द्रीय समिति भोलिदेखि स्वत विघटन हुने भएकाले यो विषयलाई महत्वका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?