३ नं. प्रदेश सरकारले तीन नं. प्रदेशमा २ वटा महत्वपूर्ण शान्ति पार्क निर्माण गर्ने भएको छ ।
यस योजनाअनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकामा मजदुर शहिद स्मृती पार्क र मकवानपुरको मकवानपुरगढि गाउँपालिकामा रुद्र स्मृति पार्कको निर्माण प्रक्रिया अगाडि बढाउने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले बताए ।
शुक्रबार आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको छलफलमा सम्भाव्यता अध्ययन गरेर चालु आर्थिक वर्षबाट नै निर्माण अगाडि बढाईने भएको छ ।
२ वटा पार्क निर्माणका लागि १/१ करोड रुपैयाँ बजेट बिनियोजन पनि भईसकेको बताए ।
मुख्यमन्त्री पौडेलले पार्क निर्माण गर्दा ३ नम्बर प्रदेशका जनता हरुलाइ रोजगारी, आर्थिक गतिविधि पनि बढ्ने बताए ।
पार्कहरु बनाउँदा आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्ने वातावरण सिर्जना गनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले विगतमा देश प्रती अमुल्य योगदान दिने महत्वपूर्ण व्यक्तिहरुसंग गाँसिएको पार्क निर्माण गर्न प्रदेश सरकार अग्रसर भएको वताए ।
त्यस्तै धादिङमा निर्माण गरिने पार्कको लागि करिब १० करोड लागत लाग्ने छ ।
पार्कमा चेपाङ संग्रालय, तालिम हल, भ्युप्वाईन्ट, पिकनिक स्पोट, गेस्ट हाउस, वाकिङ स्ट्रिटलगायतका संरचना निर्माण गर्ने योजना छ ।
त्यसैगरी मकवानपुरमा निर्माण हुने पार्कको करिब साढे ६ करोड लागत रहेको छ ।
पार्कहरुमा पिकनिक स्पोट, बाल उद्यान, गोल घर, मन्दिर, व्यवसायिक सटर, स्विमिङ पुल, मैत्री बगैचा, भ्युप्वाईन्ट लगायतका संरचना निर्माण हुने मन्त्री जम्कटेल ले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया