नुवाकोट । स्वर्गीय निरज सेडाई परोपकार सस्थाले बेलकोटगढी नगरपालिका १० मा रहेको निरञ्जना माध्यमिक विद्यालयलाई कम्प्युटर तथा प्रोजेक्टर हस्तान्तरण गरेको छ ।
पूर्व अर्थमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यमा एक कार्यक्रम गर्दै सस्थाले विद्यालयलाई कम्प्युटर तथा प्रोजेक्टर हस्तान्तरण गरेको हो ।
कार्यक्रममा संबोधन गर्दै डा. लोहनीले प्रविधीको बढ्दो नयापनको प्रयोगमा विद्यार्थीलाई सरिक गराउन कम्प्युटर तथा प्रोजेन्टर अपरिहार्य रहेको बताए ।
आफु अर्थमन्त्री तथा सांसद भएको समयमा सो विद्यालयलाई गरेको सहयोगको स्मरण गर्दै डा. लोहनीले भने “अझैपनि विद्यालयले प्राविधिक शिक्षदेखी क्याम्पसको तयारीमा लागे म आफै मन्त्रालय र अन्य निकायमा धाउन तयार छु ।”
उक्त सामग्री विद्यालयका प्रधानाध्याक शिब प्रसाद पाण्डे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार रेग्मीले बुझेका थिए ।
कार्यक्रममा नेकपा नुवाकोटका नेता बासुदेब कडुवाल , बेलकोटगढी नगरपालिका वटा नम्बर १० का अध्यक्ष पूर्णबादुर त्रिपाठी, राप्रपा राष्ट्रवादीका बेलकोगढी नगर संयोजक माधब पौडेल , स्थानीय समाजसेवी गोविन्द प्रसाद जमकट्टेल , मानबहादुर राना लगायतले आफ्नो धारणा राखेका थिए ।
सस्थाको अध्यक्ष अजित पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका छात्र छात्राले विभिन्न सस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।
सस्थाले विभिन्न विद्यालयमा छात्रबृद्धि, स्वास्थ्य शिविर लगायतको काम गरिरहेको सस्थाका संरक्षक राजाराम पाण्डेले जानकारी दिए ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया