सशस्त्रद्वारा स्कार्पियोसहित लागू औषध बरामद

काठमाडौं । बारामा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टले ठूलो मात्रामा लागू औषध तस्करी गर्दै गरेको अवस्थामा एक स्कार्पियो गाडीसहित एक जनालाई पक्राउ गरेको छ । 

यही कात्तिक ३० गते बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं ३ मा सो पोष्टका सशस्त्र प्रहरी निरिक्षक राजेश फुयालको कमाण्डमा खटिएको सात जनाको शसस्त्र प्रहरी टोलीले चेकजाँचको क्रममा प्रतिबन्धित लागू औषध डाईजोल्याब १ हजार, नोफिन १ हजार र फेनारगन १ हजार एम्पुल गरी कूल तीन हजार एम्पुल लागू औषध बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।

९ः३० बजेको समयमा रक्सौलबाट नेपालतर्फ आइरहेको बिआर २२ पि, ५२७९ नम्बरको स्कारर्पियो गाडीमा सो परिणाममा लागू औषध फेला परेको हो । प्रहरीले तस्करीमा संलग्न भारत विहान जिल्ला पूर्वीचम्पारण मोतिहारी घर भएका २३ वर्षीया सद्रे आलमलाई नियन्त्रणमा लिएको जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?