दाङ । दाङमा दुई पक्षबीचको विवाद मिलाउन गएका प्रहरी जवानमाथि नै खुकुरी प्रहार भएको छ ।
जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्वर २ अमुवा टोलमा दुई समूहबीच भएको विवादलाई मिलाउन पुगेका खितलपुर इलाका प्रहरी कार्यालयका प्रहरी जवान चन्द्र प्रकाश ओली माथि खुकुरी प्रहार भएको हो ।
गम्भीर घाइते ओलीको टाउकोमा १० वटा टाँका लगाईएको त्यस ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया