काठमाडौं । आजबाट काठमडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि चम्किलो देखिने फ्लोरेसन्ट ज्याकेट अनिर्वाय लगाउनु पर्ने छ ।
चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट आजदेखि लगाउनुपर्ने नियम छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेको सरोकारवालाहरुको संयुक्त बैठकले मंसिर १ गतेदेखि अनिवार्य रुपमा माइक्रोबस चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको थियो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तका अनुसार हाल काठमाडौं उपत्यकाभित्र मात्र यो निमय लागू गरिएको छ । आगामी दिनमा देशभर यो नियम लागू हुन्छ ।
बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र माइक्रोबस व्यवसायी संघका प्रतिनिधिहरु सहभागी थिए ।
फ्लोरेसेन्ट ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा टाढैबाट चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने भएकाले यस्तो निर्णय गरिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक पन्त बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया