जनमतलाई मतदान गरौँ, विकास गरेर देखाउछौँ : सिके राउत

लोकपथ
156
Shares
df]/ª,!* sflQs -/f;;_M hgdt kf6L{sf s]Gb|Lo cWoIf l;s] /fpt lj/f6gu/–^ l:yt /fdk’/df z’s|af/ ck/fGx cfof]lht ;efnfO{ ;Djf]wg ub}{ . tl:a/ M dgf]h bfxfn ÷/f;;

कपिलवस्तु । जनमत पार्टीका अध्यक्ष सिके राउतले यस पटकको निर्वाचनमा जनमत पार्टीलाई जिताए विकास गर्ने बताएका छन् । कपिलवस्तुको रुद्रपुरमा आज आयोजित चुनावी सभामा अध्यक्ष राउतले मंसिर ४ गतेपछि देशमा नयाँ आयाम आउने बताए ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलले नागरिकलाई गुमराहमा पारी मत लिएको तर, विकास नगरेकाले जनमत पार्टीलाई मतदान गर्न राउतले आग्रह गरे ।

पटकपटक नेतृत्व गरेका नेता असफल भएको उनले बताए । उनले भने ‘यहाँ लामो समय राणाले, राजा रजौटाले, राजनीतिक दलले शासन गरे तर आजसम्म जनता अधिकार र आधारभूत सेवा सुविधाबाट वञ्चित छन् ।’ जनमत पार्टी विकासको एजेण्डासहित अघि आएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?