अबदेखि वैदेशिक रोजागरमा रहेका नेपाली नागरिकले पनि सेयर खरिद गर्न सक्ने

लोकपथ
49
Shares

काठमाडौं । अबदेखि वैदेशिक रोजागरमा नेपाली नागरिकले पनि सेयर खरिद गर्न सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले कात्र्तिक १७ गते बिहीवारबाट धितोपत्र निष्काशन तथा बाँडफाँड (छैटौं संसोधन) निर्देशिका २०७९ गरेपछि विदेश रोजगारीका लागि रहेका नेपाली नागरिकहरुले यस्तो सुविधा पाएका हुन ।

संसोधित निर्देशिका अनुसार संगठित संस्थाले सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धीत निकायहरुबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँटफाँड गर्नुपर्ने व्यवस्थासहितको धितोपत्र निष्काशन तथा बाँटफाँड (छैठौं संशोधन) निर्देशिका लागु गर्नुपर्ने छ । सो अनुसार सेयर निष्काशन गर्दा विदेशमा बसी रोजगार गरेका नेपालीहरुको लागि सेयर निष्काशन गर्नुपर्ने छ ।

यसको लागि संगठित संस्थाले सर्वसाधारणको लागि छुट्याईएको सेयर निष्काशन तथा गर्दा निष्काशन तथा बिक्री प्रर्वन्धकले सर्वसाधारणको लागि निष्काशन गर्नु अगावै १५ दिनको अवधि तोकेर आव्हानपत्र प्रकाशित गर्नुपर्ने जानकारी बोर्डले दिएको छ ।

सेयर निष्काशनको लागि आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामा रहेको बिप्रेषण बचत खातामार्फत भुक्तानी गर्नपर्ने छ । बोर्डका अनुसार बिप्रेषण बचत खाता भन्नाले सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेश बसेर रोजगार गरिरहेका नेपाली नागरिकको बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमती प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा सम्बन्धीत व्यक्तिको नाममा खोलिएको रेमिटेन्स बचत खातालाई सम्झिनु पर्ने छ ।

सो अनुसार रेमिटेन्स बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ सम्बन्धीत व्यक्तिले आफू रोजगार रहेको मुलुकबाट जम्मा गर्नु पर्ने छ । बोर्डका अनुसार यसरी वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुलाई सेयर बाँटफाँड गरेपश्चात मात्र सर्वसाधाणको लागि प्रारम्भिक सेयर निष्काशन गर्नुपर्ने छ । तर निष्काशित सेयर बिक्री नभएको अवस्थामा भने त्यस्तो सेयर सर्वसाधारण समुहमा थप गरी जारी गर्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?