प्रहरीले सार्वजनिक गर्यो शरदकुमार गौचन, दुर्गा तिवारी, दावा लामाका सुटर : के भने पत्रकार सम्मेलनमा ?

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार  गौचन हत्या गरी फरार रहेका गुण्डा नाईके समिरमान सिंह बस्नेत समुहका झापा जिल्ला बिर्तामोड न. पा. वडा नम्बर ५ शनिअर्जुन स्थायी ठेगाना भई हाल काठमाडौँ कपनमा बसोबास गर्दै आएका ४० वर्षिय लोप्साङ भन्ने सोम लामा, उदयपुर रौता ५ घर भई हाल काठमाडौा बाफल बस्ने (२०७२ मा कालीध्वज गण ईलामबाट नेपाली सेनाको भगौडा रहेका) ३१ वर्षिय अम्बर बहादुर राना र नागार्जुन नगरपालिका वडा नम्बर ४ काठमाडौँ बस्ने २६ वर्षिय रोशन बुढाथोकीलाई झापा काकडभिट्टामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

प्रहरीका अनुसार शरद गौचन हत्यामा अम्बर बहादुर रानामगरले मुख्य सुटरको काम गरेको अनुसन्धानबाट खुलेको जनाएको छ । 

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार कोटेश्वरबाट गौचन हत्यामा संलग्न लोप्साङ लामा, अमर रानामगर र रोशन बुढाथोकीलाई पक्राउ गरेको थियो ।

अभियूक्त अमर रानामगर नै गौचनको मूख्य सूटर रहेको प्रहरीले जनाएको छ । उनले नै ०७३ चैत २९ गते काठमाडौँ बौद्ध नयाँबस्तीस्थित दिब्य पार्टी प्यालेसको जिम क्लबमा जाँदै गर्दा गोली हानी घाईते बनाएको अनुसन्धानबाट खुलेको छ । 

त्यस्तै ०७३ साल पुस ४ गते रुपन्देशी देबदह ७ खैरनीमा भएको दुर्गा तिवारी हत्यामा अभियूक्त लोप्साङ भन्ने सोम लामाले मुख्य सुटरको काम गरेको खुलेको छ । 

०७४ साल असोज २३ गते काठमाडौंको नयाँ बानेश्वर नजिकै  शान्तिनगरस्थित खरिबोटमा ६० वर्षिय गौचनको गोली हानी हत्या भएको थियो । 

 

उनीहरुको साथबाट प्रहरीले ५ थान मोबाईल बरामद गरेको छ । 


सम्बन्धित समाचार :

को हुन् हत्या गरिएका शरदकुमार गौचन ?

‘गुन्डा नाइके’ समिरमानलाई मुस्ताङ जेल सारियो, किन लगियो गौचनकै गृह जिल्लामा?

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?