कांग्रेसले अडान नछोडेपछि सभामुखसहित शीर्ष नेताहरूबीचको बैठक निष्कर्षविहीन

लोकपथ
325
Shares

काठमाडौं। सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको सत्तापक्ष र विपक्षी दलका प्रमुख नेताहरुबीचको छलफल निष्कर्षविहीन भएको छ।

सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको आ–आफ्ना दलका अडान राखेपछि बैठक निष्कर्षविहीन भएको हो।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?