प्रधानमन्त्री केपी ओली थप बिरामी, टिचिङ अस्पतालमा भर्ना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली थप बिरामी परेका छन् ।

तीन दिनयता बिरामी भएर बालुवाटारमै आरामरत रहेका ओली थप बिरामी परेपछि सोमबार बिहान त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । सोमबार बिहान एकाएक स्वास्थ्यमा थप समस्या देखिएसँगै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि आइतबार सचिवालयले ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको जानकारी दिएको थियो । 

चिकित्सकको सल्लाहबमोजिम उनी  नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आरामरत रहेको जानकारी पनि दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?