रेडपाण्डाको छालासहित शाही पक्राउ

बाँके । रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

शनिबार राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरी पक्राउ गरेको हो । 

प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो । 

बरामद छाला र शाहीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?