कड्किए बाबुराम– बम दिदीबहिनीलाई किन छाडा छाडिँदैछ ?

काठमाडौं– पूर्वप्रम तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्या प्रकरणको शंकाको घेरामा रहेका दुई प्रहरी अधिकारी र बम दिदीबहिनीलाई पक्राउ गर्नुपर्ने माग गरेका छन् ।
गृहमन्त्रालयले बिहिबार कञ्चनपु्रका तत्कालिन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवाको लागि योग्य रहने गरी गरेको ‘बर्खास्ती’ प्रति असन्तुष्टि जनाउँदै सरकारले पानीमाथिको ओभानो बन्ने प्रयत्न गरेको आरोप लगाएका छन् ।
‘निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा सरकारले तीन महिनापछि सो घटनामा प्रत्यक्ष संलग्न भएको देखिने गरी मुद्दा ढाकछोप गर्न र प्रमाण नष्ट गर्न लागिपरेका दुइ प्रहरी अधिकारीलाई “भविष्यमा अयोग्य नठहरिने गरी” बर्खास्त गरेर पानीमाथिको ओभानो हुने प्रयत्न गरेको छ’, भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
‘बलात्कार–हत्या जस्तो जघन्य अपराधको प्रमाण जानीबुझी नष्ट गर्नु झन् ठूलो अपराध हैन ? त्यसको अर्थ ती प्रहरीलाई अपराधी को हो भन्ने थाहा छ भन्ने प्रष्ट हुन्न र ? ‘त्यसवापत तिनलाई पक्रेर वास्तविक अपराधी पत्ता लगाउनु पर्दैन ?’ भट्टराईले प्रश्न गरेका छन्,
उनले घटनामा जोडिएकी भनिएकी रोशनी बम र बबिता बमलाई गम्भीर केरकार र अनुसन्धान नगरी छाडा छाड्ने काम भएको पनि आरोप लगाएका छन् ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?