विद्युतीय बसका लागि चार्जिङ स्टेसनको कमी

काठमाडौँ-वातावरणको संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि शुभारम्भ गरिए पनि ती बसहरूलाई चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ निर्माण भने अनिश्चित देखिएको छ । गाेरखापत्र दैनिकले खबर छापेकाे छ ।

नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा एउटा चार्जिङ स्टेशन निर्माण गरेको छ तर त्यो प्राधिकरणको प्रयोजनका लागि मात्रै हो । त्यस बाहेक उपल्यकामा कुनै पनि ‘चार्जिङ स्टेसन’ छैनन् ।
साझा यातायात र लुम्बिनी विकास कोषद्वारा संयुक्त रुपमा सञ्चालनमा ल्याइएको विद्युतीय बसको प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार शुभारम्भ गरेका थिए ।
मुलुकमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुपर्छ भन्ने कुरा सरकारी नीतिमै परे पनि साधनहरूको ‘चार्जिङ’ व्यवस्थाबारे भने अवधारणामात्रै छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीे ‘चार्जिङ स्टेसन’ निर्माण गर्नुपर्छ भने विषय अहिलेसम्म अवधारणागत रूपमा मात्रै रहेको त्यसका लागि काम अगाडि नबढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?