काठमाडौं । जनता समाजवादीबाट सरकारमा सामेल ४ मन्त्री पदमुक्त भएका छन् ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले उनीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई मुक्त गरेकी हुन् ।
हाल जसपाबाट सरकारमा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपति विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इश्तियाक राई र बन तथा वातावरण मन्त्रीमा प्रदीप यादव रहेका थिए ।
जसपा ५ दलीय गठबन्धनबाट बाहिरिएसँगै प्रधानमन्त्री देउवाले हटाउने तयारी गरेका थिए ।
पालको संविधानको धारा ७८ बमोजिम मिति २०७८ चैत २४ गते
‘माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त हुनु भएका श्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेपालको संविधानको सोही धारा बमोजिम संघीय संसदको सदस्यता प्राप्त गर्न नसकी निजको पदावधि सकिएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाली आउनुभएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया