कञ्चनपुरका तत्कालीन एसपी विष्टलाई आज बर्खास्त गर्ने तयारी

कञ्चनपुर।  निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि  अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपीसहित २ जनालाई बर्खास्त गर्ने तयारी भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै सेवाबाट बर्खासीका लागि निलम्बीत एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन निलम्बीत इन्सपेक्टर जगदिश भट्टलाई वर्खास्त गर्न गृहमा पत्र पठाएको गृहस्रोतले जनकारी दिएको छ । 

सम्भवत आइतबार (आजै) गृहसचिवस्तरीय निर्णयबाट उनीहरुलाई वर्खास्त गर्ने निर्णय गर्नेछ । प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरिय निर्णयबाट हुने व्यवस्था रहेको छ । 

प्रहरी प्रधान कार्यालयका एआईजी धीरु बस्न्यातको संयोजकत्वमा गठित अनुसन्धान टोलीले एसपी विष्टसहित इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न सुझाव दिएपछि प्रहरी प्रधान कार्यालयले गृहलाई पत्र पठाएको श्रोतको दाबी छ । 

निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । 
गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।प्रतिवेदनमा यसअघि प्रहरी नेतृत्वमा गठित छानविन समितिको कमजोरी रहेको उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?