काठमाडौं ६ मा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार

लोकपथ
585
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुने संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट नेकपा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।

पूर्व प्रहरी प्रमुख समेत रहेका खनाल गत असोज ४ गते एमालेमा प्रवेश गरेका थिए । प्रहरी प्रमुखबाट अवकाशपछि एमाले निकट भएर काम गरिरहेका खनाल पार्टी प्रवेश गरेर राजनीतिमा होमिएका हुन् ।

सो क्षेत्रमा यसअघि नेपाली कांग्रेसका भीमसेनदास प्रधानले निर्वाृचन जितेका हुन् ।

आगामी निर्वाचनमा पनि गठबन्धनबाट कांग्रेसका उनी प्रधानको चर्चा रहेको छ । त्यसो हुँदा आगामी निर्वाचनमा काठमाडौं ६ मा प्रधान र खनालको प्रतिष्पर्धा हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?