प्रतिमा, कुमार र भरतको स्वरमा सजिएको ‘पछ्यौरी सलको’ गीत बजारमा (भिडियोसहित)

लोकपथ
2.2k
Shares

काठमाडौं । गायिका प्रतिमा अर्याल, नवउदयीमान गायकद्वय कुमार चौलागाईं र भरत गजुरेलको स्वरमा सजिएको ‘पछ्यौरी सलको’ बोलको गीत सार्वजनिक भएको छ । मेनुका डिजिटलको प्रस्तुति रहेको उक्त गीतको भिडियोलाई मेनुका डिजिटल युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो ।

गीतमा शब्द तथा संगीत हिमाल खड्काको रहेको छ । गीतलाई विष्णु तामाङले संगीत संयोजन गरेका हुन् । शंकरा डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई कुमार सानु पुनले ध्वनि मिश्रण गरेका छन् ।

यस्तै, गीतको भिडियोमा राजाराम कोइराला र प्रान्सा दाहाललाई फिचरिङ गरिएको छ । भिडियोलाई राजेन्द्र भण्डारीले निर्देशन गरेका हुन् । सुरेन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन तथा कलरिङ गरेका छन् ।

गीतको भिडियोका निर्माता भने गायक चौलागाईं हुन् । उनी पनि भिडियोमा देखिएका छन् ।

भिडियाेः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?