दूरसञ्चार प्राधिकरणमा नियुक्ति पाएका दिगम्बर झाद्वारा पदबहाली

काठमाडौं । दूरसञ्चार प्राधिकरणमा नियुक्ति पाएका दिगम्बर झाले आइतबार पदबहाली गरेका छन् । 

गत बिहीवार बसेको मन्त्रिपरिषद बैठकले झालाई तेस्रोपटक नियुक्त गर्ने निर्णय गरेको थियो । 

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आइतबार बिहान सपथ ग्रहण गराएपछि झाले प्राधिकरणमा पदबहाली गरेको जानकारी दिए ।

झाले टेलिकम क्षेत्रको नियामक प्राधिकरणमा पाँच वर्षका लागि नियुक्ति पाएका छन् । 

सरकारले गत वैशाखमा अविश्वास गरेर काम रोक्न निर्देशन दिएको र असारमा वर्खास्त गरेको थियो । तर, सरकार आफैंले फेरी झालाई नियुक्ति दिएको हो ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ मंसिर १९ गते उनी पहिलोपटक प्राधिकरण अध्यक्षमा नियुक्त भएका थिए । उनको पदावधि २०७४ मंसिरमा सकिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?