बिम्सटेक: सम्पूर्ण तयारी पूरा, यस्तो छ भीभीआइपीको कार्यतालिका

काठमाडौं । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताकालागि बंगालका खाडीका देशहरुको प्रयास (बिम्सटेक) को शिखर बैठकको अन्तिम तयारी पूरा गरेको छ ।

म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार र भुटानका छिरिङ वाङचुक सरकारका प्रमुख काठमाडौं आइपुगेका छन् भने अन्य चार देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरु बुधबार र बिहीबार काठमाडौं आइपुग्दैछन् ।

काठमाडौंमा भदौ १४ र १५ गते दुई दिनसम्म चल्ने चौथो बिम्सटेक सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भूटानका सरकारका प्रमुख छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यानको सहभागिता हुनेछ । सम्मेलनको अध्यक्षता नेपालकातर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

बुधबार (आज) दिउसो श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना काठमाडौं आइपुग्नेछन् । सिरिसेना बुधबार २ः३५ बजे काठमाडौं अवतरण हुनेछन् ।

त्यस्तै भदौ १४ गते बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुक्त र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आउने छन् । मोदी बिहीबार बिहान ८ः३० बजे विशेष विमानमार्फत काठमाडौ आइपुग्नेछन्  । 

हसिना पनि बिहीबार बिहान ९ः१५ बजे त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलमा अवतरण हुनेछिन् ।

यस्तो छ भीभीआइपीको कार्यतालिका

भदौ १३गते म्यानमारका राष्ट्रपतिसँग दुईपक्षीय भेटवार्ता भएको छ  । 

भदौ १४ गते बिहानअन्य सदस्य राष्ट्रका प्रमुख वा सरकार प्रमुख काठमाडामौं अवतरण गर्नेछन् । विशिष्ट पाहुनाहरू विमानस्थलबाट सोझै होटेल सोल्टी जाने छन् भने मध्यान्न १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजितदिवाभोजमा सहभागी हुने कार्यक्रम छ ।

१४ गते प्रधानमन्त्री केपी ओली सोल्टी होटेलमा सम्मेलनको उद्घाटन गर्नेछन् । उद्घाटन सत्रमा सबै देशका राष्ट्रप्रमुखहरूले वक्तव्य दिनेछन् । साँझ प्रधानमन्त्री ओलीले होटल हयातमा उनीहरूलाई रात्रीभोज दिने कार्यक्रम छ । 

१५ गते बिहान रिट्रिटको कार्यक्रम र केही दस्तावेजमा हस्ताक्षरको कार्यक्रम रहेको छ । भदौ १५ गतेको सम्मेलन अघि शीर्ष नेताहरुबीच अनौपचारिक भेटघाट समेत हुनेछ । त्यसपछि औपचारिक बैठक हुने र घोषणा पत्रजारी हुनेछ । यसदिन सम्मेलन सम्पन्न हुनेछ । अधिकांस सोहीदिन फर्कनेछन् । 

१५ गतेनै भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओली बिचदुई पक्षियवार्ता हुने भएको छ । भ्रमणका क्रममामोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले पशुपति क्षेत्रमा संयुक्तरुपमा धर्मशालाको उदघाटन गर्ने कार्यक्रम तय भएको छ । यसका साथै नेपाल–भारत रेलमार्ग एवं ‘बल्ककार्गो’का विषयमापनि छलफल र समझादारी गर्ने गृहकार्य दुई देशका अधिकारीहरुले गरिरहेका छन् ।

म्यानमारका राष्ट्रपति मिन्ट बौद्ध धर्मावलम्बी भएकाले उनी नेपाल आएका बेला लुम्बिनीको भ्रमण गरेका छन् । 

श्रीलंकाका राष्ट्रपति सिरिसेना वौद्धमार्गी नेता हुन् । यहीकारण उनी बिमस्टेक बैठकमा आएबा बेला बुद्धको जन्मस्थल लुम्बिनीसमेत जाने कार्यक्रम छ ।

बैठकका एजेण्डा ‘ग्रीड कनेक्सन’देखि गरीवी निवारणसम्म

बिम्सटेक राष्ट्रहरुबीच बिजुली आदान(प्रदानका लागि अन्तरदेशीय बिजुली प्रसारण लाइनको सञ्जाल निर्माण गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ । बिम्सटेकका ७ राष्ट्रबीच ग्रीड कनेक्टिभिटी (इन्टरकनेक्सन) बारे समझदारी हुने लगभग तय भइसकेको छ ।

यसैवीच बिम्सटेक सदस्य राष्ट्रहरुबीच विद्युतप्रशारण लाइनसम्बन्धी सहमतिकालागि मस्यौदामा प्रारम्भिक सहमतिभएको छ । मंगलबार बसेको सचिवस्तरीय समितिले विद्युतप्रशारण लाइनसम्बन्धी सहमतिपत्रको मस्यौदा तयार गरेको हो ।

सचिवस्तरीय बैठकले पारित गरेको मस्यौदालाई बुधबार बस्ने परराष्ट्रमन्त्री स्तरीय बैठकले अनुमोदन गरेपछि बिम्सटेक शिखर सम्मेलनमा पेश गरिनेछ । भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुने शिखर सम्मेलनपछि यो समझदारी कार्यान्यवन भएमा एक देशबाट अर्को देशमा ग्रीडहरु जोडिने छन् । यसबाट क्षेत्रीय स्तरमा विद्युत खरिद–बिक्रीकालागि बाटो खुल्नेछ ।

ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउने, सबै सदस्य राष्ट्रलाई सतह, जल र हवाईमार्ग तथा अप्टिकल फाइबरबाट जोड्ने, बिम्सटेक क्षेत्रमा व्यापार विस्तारलाई बढावा दिने उपाय अवलम्बन, समग्र बिम्स्टेक क्षेत्रलाई शान्ति, समृिद्ध र दिगोपनातर्फ उन्मुख गराउने तथा गरीबी हटाउने विषयलाई पनि बैठकले उच्च प्राथमिकतामा राखेको छ । 

सेनाको नेतृत्वमा १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

नेपाल सरकारले बैठकमा आउने विदेशी पाहुनाहरुका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । भीआइपीहरुको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ भने प्रहरी र सशस्त्र प्रहरीहरु पनि ठूलो संख्यामा परिचालन गरिएको छ ।

शिखर सम्मेलनमा सहभागीहुने बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सुरक्षाकालागि नेपाली सेनाको नेतृत्वमा १८ हजार बढी सुरक्षाकर्मी परिचालनहुने गृह मन्त्रालयले जनाएको छ ।  स्रोतका अनुसार नेपाली सेना, नेपालप्रहरी, सशस्त्रप्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी १८ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । बिमस्टेकमा सहभागी हुने राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सुरक्षाकालागि नेपाली सेनापहिलो तथा तेस्रो घेरामा हुनेछ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरा दोस्रोमा हुनेछ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले बाह्य सूचनाको संकलन तथा सम्भावित खतराको विश्लेषण गरी माथिल्लो निकायलाई सूचना दिनेछन् ।

गृह मन्त्रालय स्रोतका अनुसार बिमस्टेक सम्मेलनको सुरक्षामा नेपाली सेनाका ५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । यस्तै नेपालप्रहरीबाट ९ हजार ७ सय, सशस्त्रप्रहरीबाट २ हजार ५ सय राष्ट्रिय अनुसन्धान विभागका करीब १ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । 

विशिष्ट पाहुनाहरूलाई स्वास्थ्य सेवा

भदौ १४ र १५ गते नेपालमाहुने बिम्सटेक सम्मेलनका लागि आउने विशिष्ट पाहुनाहरूलाई सरकारले विशेषज्ञ सहितको विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरेको हो ।

प्रत्येक एम्बुलेन्समा मेडिकल अफिसरसहितको ३ जनाको टोली रहने छ । सम्मेलनका लागि आउने पाहुनाका लागि विमानस्थलदेखि सम्मेलनस्थलसम्म भेन्टिलेटरसहितका एम्बुलेन्सहरू परिचालन गरिने छन् । ती एम्बुलेन्स सम्मेलन अवधिभर पाहुनाहरू रहेकै स्थानमा राखिने छन् । सम्मेलन हुने स्थान सोल्टी होटलमा जनरल फिजिसियन, सर्जन, अर्थोपेडिक सर्जन, एमडी जनरल प्राक्टिस्नर, एनेस्थेसियोलोजिस्ट, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट तथा नर्ससहितको ८ जनाको टोली सम्मेलनअवधिभर आकस्मिक उपचारका लागि तयारी अवस्थामा रहनेछन् ।

आकस्मिक स्वास्थ्य उपचार सेवाको व्यवस्था वीर अस्पताल, त्रि.वि शिक्षण अस्पताल, निजामती अस्पताल, काठमाडौं मेडिकल कलेज, प्रहरी अस्पताल, पाटन अस्पताल, नेपाल मेडिसिटी अस्पताल, नर्भिक अस्पताल र  ग्राण्डी अस्पतालमा मिलाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

बिमस्टेकको लागि सिंगारियो काठमाडौं

बिम्सटेकको सम्मेलनलाई लक्षितगर्दै काठमाडौं उपत्यकालाई सिंगारिएको छ । 

विमानस्थलबाट तीनकुने आइपुग्दा नेपालको कला संस्कृति, पुरातात्विक सम्पदा, राष्ट्रिय जनवार, पक्षीआदिझल्कने तस्वीरले सजाइएको छ । पोखराको फेवाताल, डोल्पामो शे–फोक्सुण्डो तालदेखि नेपालका प्रशिद्ध मठ, मन्दिर, पर्यटकीय क्षेत्रको सचित्रझल्काइएको छ । 

नयाँ बानेश्वर हुँदै माइतीघर क्षेत्रमा सडक मर्मत गरिएको छ । जताततै झण्डा फहराइएका छन् । माइतीघर मण्डलाको रङरोगन गरी मण्डलालाई बेहुलीझैँ सिँगारिएको छ । झिलिमिली बत्तीको व्यवस्था गरिएको छ । महाराजगञ्जस्थित नारायणगोपाल चोक, राष्ट्रपति कार्यालय नजिक, कान्तिपथ, थापाथली, कालीमाटी, सोल्टीमोड, कलङ्की लगायत स्थानमा आकर्षक द्वार बनाइएको छ ।

पाहुनाको स्वागतकालागि सडक सरसफाइ, मर्मत गरिएको छ । सडकको खाल्डाखुल्डी पुरी रङरोगन गरिएको छ । बुद्धको जन्मभूमि, सगरमाथाको देश, बिम्सटेक शान्ति, समृद्धि र विकासकालागि, बिम्स्टेका विशिष्ट पाहुनालाई स्वागत जस्ता नारा नवनिर्मित द्वारमा लेखिएका छन् । 

तीनकुनेमा झाँकी
शिखर सम्मेलनमाआउने विशिष्ट पाहुनाको स्वागतका लागि महानगरपालिकाले तीनकुनेमा नेपालको कलात्मक संस्कृतिझल्कने झाँकी प्रस्तुत गर्ने तयारी गरेको छ । त्यसका लागि तीनकुनेको तीनवटै कुनामा मञ्चनिर्माण गरिएको छ । 

त्रिभुवन विमानस्थलमा हवाई यात्रु बाहेकलाई प्रवेश निषेध
बिम्सटेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रुबाहेकका व्यक्तिलाई प्रवेश त्रिभुवन विमानस्थलमा निषेध गरिएको छ  भने असक्षम रहेका यात्रुले एकजना सम्म सहयोगीमात्र भित्र लिएर जान सक्नेछन् । अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०–१५मिनेट भित्रै विमानस्थल छोड्नुपर्ने नियम हिजो बाट लागू भएको छ । 

भाडाका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ । निजी सवारी लिएर जानेले पनि यात्रु छाडेर सोझै फर्किनु पर्ने छ ।

विमानस्थल भित्र प्रवेश अनुमति पास भएकाहरुलाई भने भित्र प्रबेश गर्ने दिइने छ । होटल, ट्राभल लगायतका गाडीलाई पनि ५ देखि १० मिनेटका लागि मात्र विमानस्थल भित्र राखिने भएको छ । 
यद्यपी त्रिभुवन अन्तर्राष्टिय विमानस्थल २४ घण्टा नै खुल्ला रहने छ । 

दुई दिन विद्यालय तथा कलेज बन्द

सरकारले बिम्सटेक सम्मेलनमा भाग लिन आउने पाहुनाहरुको आवागमन, सुरक्षाको विषयलाई लिएर भदौ १४ र १५ गते काठमाडौंका शैक्षिक संस्थाहरुमा दुई दिनका लागि विदा दिएको छ ।

सवारीमा जोर र विजोर प्रणाली

सवारी आवागमन र चापका कारण हुन सक्ने ट्राफिक जामलाई ख्याल गर्दै १३ र १५ गते विजोर गाडीमात्र चलाउन पाइने छ भने १४ गते जोर नम्बरमात्र । अत्यावश्यक सेवा र प्रेसका लागिभने जोर विजोर नियमलागू हुनेछैन । 

राति १० बजेदेखि बिहान ६ बजेसम्मभने यातायातलाई कुनै मापदण्ड तोकिएको छैन । नियमनमानी सवारी चलाएमा दिनभर ट्राफिक प्रहरीले नियन्त्रणमा लिने र ५ सय रुपैयाँ जरिवाना लिने नियम बनाइएको छ । काठमाडौं उपत्यकाबाट बाहीर जाने सबारीलाई बिहान ६ बजे भन्दा अगावै उपत्यकाबाट निसक्न निर्देशन दिएको छ । 

बिम्सटेकको पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्ड, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ माम्यान्मारमा सम्पन्न भइसकेको छ । त्यसैगरी हालसम्म बिम्सटेकका परराष्ट्र मन्त्रिस्तरीय १५ बैठक र वरिष्ठ पदाधिकारी स्तरीय १८ बैठक सम्पन्न भएका छन् । नेपाल सन् २००४मा यसको सदस्य बनेको हो । बिम्सटेक क्षेत्रमा विश्व जनसङ्ख्याको झण्डै २१ प्रतिशत अर्थात् करीब डेढ अर्ब जनसङ्ख्याको बसोवास छ । सन् २०१४ मा यसको सचिवालय बङ्गलादेशको ढाकामा स्थापना गरिएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?