‘विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको छ’

लोकपथ
182
Shares
sf7df8f}F, @% df3M nufgL af]8{ a}7sdf dGqL e’;fn afn’jf6f/df dªunaf/ a;]sf] nufgL af]8{ g]kfnsf] $(cf}F a}7sdf pmhf{, hn;|f]t tyf l;FrfOdGqL kDkmf e’;fn . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छिन् ।

सोमबार ललितपुरमा आयोजित ‘जलविद्युत् परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक कदम अगाडि बढाइरहेको बताएकी हुन् ।

नेपाल नवीकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उनले जलविद्युत आयोजनाहरुको निर्माणको काम उत्साहित रुपमा अगाडि बढिरहेको बताइन् । सरकारले सन् २०२८ सम्ममा १५ हजार मेघावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य साथ काम गरिरहेको उनले बताइन् । मन्त्री भुसालले जलविद्युत् आयोजनाहरु गुणस्तरीय र दिगो बन्नुपर्नेमा जोड दिइन् ।

उनले छिमेकी राष्ट्रहरुलाई विद्युत निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण पनि तयार गरिएको स्पष्ट पारिन् ।

उनले भनिन्– ‘सरकारले सन् २०२८ सम्म १५ हजार मेघावाट जलविद्युतको विकास गर्ने लक्ष्य अनुरुप हाम्रो मन्त्रालयले त्यो काम गरिराखेको छ । देशमा उत्पादित विद्युतको आन्तरिक खपत वृद्धि तथा व्यवस्थापन विश्वसनीय बनाउन सरकारले आवश्यक कदम पनि अगाडि बढाइराखेको छ । वर्तमान परिस्थितिमा नविकरणीय ऊर्जा विश्वकै लागि अपरिहार्य आवश्यकता रहेको हामीले देखेका छौँ । छिमेकी राष्ट्रका साथै समग्र दक्षिण एसियाकै लागि पनि नेपालको नवीकरणीय ऊर्जा केन्द्र बन्ने हामीले देखिराखेका छौँ । सोको लागि नेपालले जलविद्युत् आयोजनाहरुको निर्माण एउटा उत्साहसित काम अगाडि बढाएको छ । हाल नेपालमा विभिन्न आयोजनाहरुको निर्माणमा उल्लेखनीय प्रगति भइरहे पनि पूरै आयोजनाहरु उत्पादन बढी केन्द्रित हुने आभाष हुन्छ । हामी जलविद्युत् आयोजनाहरुलाई दिगो बनाउनेतर्फ उन्मुख हुनु जरुरी छ । गुणस्तरीय जलविद्युत् आयोजना बन्नु हाम्रो राष्ट्रका निम्ति पनि आवश्यक छ । नेपाल सरकारले पनि देशमा उत्पादित् विद्युतलाई देशभित्रै खपत बढाउन तथा छिमेकी राष्ट्रलाई निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण तयार गरिरहेको र जलविद्युतलाई दिगो विकासका निम्ति प्रयास गरिरहेको कुरा यहाँहरुलाई विदित नै छ । पछिल्ला घटनाक्रमहरु नियाल्दा जलवायु परिवर्तनका कारण उत्पन्न भएको र हुने जोखिमहरु र सो को उचित व्यवस्थापन नेपालका लागि चुनौतीको विषय देखिएको र त्यसको प्रत्यक्ष असर हाम्रा नदिनाला तथा वरपरका बस्तीहरुमा उच्चतम देखिन्छ । बाढी, पहिरोजस्ता प्रकोपहरुका कारण ठूलो जनधनको क्षति हुन पुगेको र सोबाट जलविद्युत् आयोजनाहरुमा समेत निकै असर परेको छ । त्यसैले जलविद्युत् आयोजनाहरु गुणस्तरीय र भरपर्दो तवरले निर्माण गर्न विभिन्न प्रकोपका कारणहरुबाट आइपर्ने जोखिमलाई सुरक्षित राख्न आवश्यक कदमहरु अपनाई आयोजनाको दिगो विकास गर्न अत्यन्तै आवश्यक छ । जलविद्युत् आयोजनाहरु सुरक्षित नभएमा नेपालको अर्थतन्त्र नै जोखिममा छ ।’

मन्त्री भुसालले देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा रहेको बताउनुभयो । देशभित्रका निजी क्षेत्र, सबै वित्तीय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको समेत लगानी विद्युतमा रहेकाले सो लगानीलाई जोखिममा पर्न दिनु नहुने उनले बताइन् । सरकारले जोखिम न्युनिकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन र विभिन्न निकायहरुसँग समन्वय गरी आवश्यक पहल गरिरहेको उनको भनाइ छ । उनले जल तथा मौसम विज्ञान विभागमार्फत देशभर भएका जल तथा मौसम स्टेसन तथा नयाँ स्टेसनहरु थप गरी अझ वैज्ञानिक र विश्वसनीयरुपमा अगाडि बढ्ने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?