काठमाडौं । नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्नासम्बन्धी सूचना ननिकालेको स्पष्ट पारेको छ ।
‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्नासम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित र प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ’, प्रहरीले विज्ञप्तिमा भनेको छ ।
आवश्यक पर्ने म्यादी प्रहरी भर्नासम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक सञ्चार माध्यममा भविष्यमा प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया