फाइनलमा भारतसँग खेल्दा गोर्खाली जसरी खेल्छौँ : किरण चेम्जोङ

लोकपथ
2.5k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको फाइनलमा गोर्खाली जसरी खेल्ने बताएका छन्।

साफ च्याम्पियनसिपको फाइनल अघि शुक्रबार प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले जितका लागि गोर्खाली जसरी खेल्ने बताएका हुन् ।

“भोलि हाम्रो लागि ठूलो दिन हो । भोलि हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ,” कप्तान किरणले भने ।

पहिलो पटक साफको फाइनल पुगेको नेपालले भोलि शनिबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?