संखुवासभा हत्या प्रकरणमा संलग्न लोकबहादुर सार्वजनिक

लोकपथ
1.5k
Shares

काठमाडौं । प्रहरीले संखुवासभा खोलागाउँमा भएको सामूहिक हत्याकाण्डका आरोपीलाई सार्वजनिक गरेको छ ।

हत्याको आंशकामा शनिबार पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले आइतबार बिहान सार्वजनिक गरेको हो ।

शनिबार २६ वर्षीय कार्कीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेकोमा उनले आफूले हत्या गरेको स्वीकार गरेका थिए ।

जिल्लाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको बीभत्स हत्या गरेका थिए । सुरुमा उनैले प्रहरीलाई खबर गरेका थिए । उनैले घटना घटाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?