बार्सिलोना, २८ चैत । स्पेनका वैज्ञानिकहरूले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले बार्सिलोनाका लागि गोल गर्दा बार्सिलोना सहरमा ‘साँच्चै नै कम्पन हुने गरेको’ पाइएको बताएका छन् ।अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेर मेस्सीले गोल गरेका समयमा हुने कम्पन पत्ता लगाएका हुन् । उनीहरुले मेसीले गोल हानेपछि भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने कम्पन हुने गरेको उनीहरूको भनाई छ ।गोल हानेको खुसियालीमा समर्थकहरू उफ्रिँदा र तल झर्दा कम्पन बढ्ने गरेको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् ।अर्थ साइन्सेस् इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले बार्सिलोनामा हुने फुटबल खेलसँग जोडिएका मानवीय गतिविधि र मोटरकारहरूको ट्राफिकले उत्पन्न गर्ने कम्पनहरूबारे अध्ययन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?












प्रतिक्रिया