जसपाका नेता कार्यकर्तालाई चकित पार्दै राजकिशोर बने मन्त्री

लोकपथ
350
Shares

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज गरेको मन्त्रिपरिषद् विस्तारमा जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् ।

यही जेठ ७ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका ओलीले त्यसपछि मन्त्रिपरिषद् विस्तार गरेका पनि यो दोस्रो पटक हो । जेठ २१ गते मन्त्रिपरिषद् विस्तार गरेका ओलीले १ हप्तापछि फेरि मन्त्रिमण्डल विस्तार गरेका हुन् । आज गरिएको मन्त्रिपरिषद् विस्तारमा जसपाका नेता राजकिशोर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन् । जेठ २१ गते जसपाका १० जना मन्त्री हुँदा यादव भने छुटेका थिए । जसपामा आन्तरिक कलह चर्किदै गएको अवस्थामा यादव शुरुमा पार्टी एकताको पक्षमा थिए । तर उनको अडान टिक्न सकेन । अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीमा आफ्नो समूहमा बहुमत पुरयाएर अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्नका लागि सहज होस भनेर राजकिशोरलाई मन्त्री बनाएको हो । जसपाका अध्यक्षद्वय ठाकुर र यादवले एक अर्कालाई पार्टीबाट निष्काशन गरेपछि यो विवाद निर्वाचन आयोगमा पुगेको छ ।

अध्यक्ष यादवले ठाकुरलाई केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षर सहित कारवाही गरिएको पत्र आयोगमा बुझाएका छन् । तर ठाकुर पक्षले आफ्नो समूहमा बहुमत जुटाउन सकेको छैन् । आयोगले अध्यक्ष ठाकुरलाइ पनि अध्यक्ष यादवलाई कारवाही गरिएको बारे केन्द्रीय कार्यकारिणी समितिका सदस्यको हस्ताक्षर सहित पत्र बुझाउन भनेको छ । तर ठाकुर पक्षले अझै बुझाउन सकेको छैन । त्यसका लागि ठाकुर पक्षले आयोगसँग मागेको एक हप्ताको म्याद भोली सकिँदैछ । यस अघि दुवै तर्फ हस्ताक्षर नगरेका राजकिशोर अब महन्थ पक्षमा लागेका छन् ।

त्यसकारण प्रधानमन्त्री ओलीले पनि ठाकुर पक्षलाई सहयोग गर्न उनलाई मन्त्री बनाएका जसपाकै एक नेताको भनाई छ । तत्कालीन राजपा हुँदा ६ जना अध्यक्ष मध्येमा एक जना राजकिशोर पनि निए । राजकिशोर पहिलो संविधान सभा निर्वाचनमा मधेसी जनाअधिकार फोरमबाट सिरहाबाट प्रत्यक्ष निर्वाचित भएका थिए । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला राजकिशोर संचार तथा सूचना प्रविधि मन्त्री बनेका थिए । तर २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा उनी पराजित भएका थिए ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी सिरहा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । राजकिशोरले प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेर असंम्वैधानिक कदम चालेको भन्दै आइरहेका थिए । तर उनी आजै मन्त्री बने ।दुवैतिर हस्ताक्षर नगरेर पार्टी एकताका लागि लागेका भनिएका राजकिशोर जसपाका सबैलाई चकित पार्दै मन्त्री बनेका एक नेताले बताए ।

यो पनि

को हुन् गृहमन्त्री बनेका खगराज अधिकारी ?

नेपाल समूह छोडेका पहाडीलाई मन्त्री पद पुरस्कार

फेरि वन मन्त्रालय सुदूरपश्चिमतिरै पुग्यो !

श्रीमान गृहमन्त्रीबाट हटेपछि श्रीमतीलाई सञ्चारमन्त्रीको जिम्मेवारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?