को हुन् गृहमन्त्री बनेका खगराज अधिकारी ?

लोकपथ
3.9k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता खगराज अधिकारीलाई गृहमन्त्री बनाएका छन् ।

ओलीले बिहीवार मन्त्रिपरिषद् विस्तार गर्दै अधिकारीलाई गृहमन्त्री बनाएका हुन् । प्रधानमन्त्री ओलीले नेकपा एमालेमा आन्तरिक विवाद चर्किएका बेला आफू पक्षमा रहेका अधिकारीलाई गृहको जिम्मेवारी दिएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेर गृहमन्त्री बनेका रामबहादुर थापा ‘बादल’ जेठ ६ गते भएको राष्ट्रिय सभा उपनिर्वाचनमा पराजित भएका थिए । सोही दिन सर्वोच्च अदालले सांसद नरहेको व्यक्ति मन्त्री हुन नपाउने आदेश दिएपछि उनी पदमुक्त भएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले गृहमन्त्रालय आफू मातहत राखेका थिए ।

ओलीले एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदलाई आफूतिर तानेर गृहमन्त्री बनाउने हल्ला चलेको थियो । तर एमालेको अन्तरकलहमा आफूलाई साथ दिदै आएका अधिकारीलाई ओलीले गृहमन्त्री बनाए ।

अधिकारी २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट विजयी भएका भएका थिए । उनले कांग्रेसका यज्ञबहादुर थापालाई हराएका थिए । उनी २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा भने पराजित भएका थिए । संविधान सभाको दोस्रो निर्वाचनमा उनले टिकट नै पाएनन् । आज गृहमन्त्री बनेका थापा यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । कोइरालाको पालामा एमालेले १० वटा मन्त्रालय पाएको थियो । अधिकारी २०२९ सालदेखि राजनीतिमा आएका हुन् ।

२०७४ मा कास्कीबाट चुनाव जितेलगत्तै उनी एमाले प्रमुख सचेतक बनेका थिए। नेकपा एकता भएपछि उनलाई हटाएर देव गुरूङ प्रमुख सचेतक बनाइएको थियो । अधिकारी ओलीलाई साथ दिने मध्येका एक प्रमुख पात्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?