श्रीमान गृहमन्त्रीबाट हटेपछि श्रीमतीलाई सञ्चारमन्त्रीको जिम्मेवारी

लोकपथ
441
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

ओलीले ७ जना मन्त्री र १ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

मन्त्रिपरिषद् विस्तार गर्दै ओलीले नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । नैनकला पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’की पत्नी हुन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत रुपमा ब्यूँताएपछि बादल एमालेमा प्रवेश गरेका थिए ।

एमालेमा आन्तरिक कलह चर्किदै जाँदा बादल एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पक्षमा रहे । सर्वोच्च अदालतले गैर सांसदले मन्त्री बन्न नपाउने फैसला गरेपछि बादल यही जेठ ६ गते गृहमन्त्रीबाट हट्नु परेको थियो । सोही दिन भएको राष्ट्रिय सभा उपनिर्वाचनमा पनि बादल पराजित भएका थिए । माओवादीबाट प्रवेश गरेका कोही पनि मन्त्री नभएपछि ओलीले माओवादीबाट प्रवेश गरेकालाई चित्त बुझाउन नैनकलालाई महत्वपूर्ण मन्त्रालय दिएका हुन् ।

नैनकला २०६४ भदौ १३ गते पाँच वर्षका लागि राष्ट्रिय महिला आयोकी अध्यक्ष बनेकी थिइन । बादलसँग नैनकलाको २०४० सालमा विवाह भएको हो । महिला आयोगमा आउनु अघि उनी शिक्षण पेशामा संलग्न थिइन् । माओवादी छाडेर आफूतिर खुलेर लागेका बादललाई पुरस्कार स्वरूप प्रधानमन्त्री ओलीले बादलकी श्रीमती नैनकलालाई मन्त्री बनाएका हुन् । माओवादी द्वन्द्वका बेला उनी महिला संघकी अध्यक्ष थिइन् । तर उनको राजनीतिमा खासै योगदान नरहेको माओवादी नेताहरुको भनाई छ । बादल गृहमन्त्रीबाट हटेपनि पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका थिएनन् ।नैनकला नेपालको इतिहासमा पहिलो महिला संचारमन्त्री बन्न पुगेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?