नेपाल समूह छोडेका पहाडीलाई मन्त्री पद पुरस्कार

लोकपथ
403
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल गुट छोडेर आफूतिर आएका गणेश कुमार पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

आज मन्त्रिपरिषद् विस्तार गर्दै ओलीले आफ्नो पक्षमा आएका पहाडीलाई मन्त्री पद दिएर पुरस्कृत गरेका हुन् ।

पहाडी केही समयअघिसम्म एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा नै थिए ।

एमालेको नवौं महाधिवेशनमा उनी नेपालको प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। यही जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्नेमा पहाडी पनि सामेल थिए । तर उनले आफूले देउवालाई नभइ माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै असन्तुष्टि जनाएका थिए । पहाडी २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।

त्यस अघि पहाडी २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । प्रतिनिधि सभा विघटन अघि पहाडी प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिका सदस्य रहेका थिए । २०२७ सालमा जन्मिएका पहाडी २०३९ सालदेखि राजनीतिमा लागेका हुन् । उनले नेकपा एमालेको विभिन्न संगठनमा पदमा रहेर काम गरेका छन् ।

यो पनि

को हुन् गृहमन्त्री बनेका खगराज अधिकारी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?