फेरि वन मन्त्रालय सुदूरपश्चिमतिरै पुग्यो !

लोकपथ
78
Shares

टेकसिंह धामी / धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीवार आज प्रधानमन्त्री ओलीले ७ मन्त्रीसहित १ राज्यमन्त्री नियुक्त गरेका छन् ।

यसैक्रममा संघीय सरकारमा मन्त्रीविहीन रहेको सुदूरपश्चिम प्रदेशबाट पनि मन्त्री थपिएका छन् । कैलालीबाट निर्वाचित नारदमुनि राना नेपाल सरकारको वनमन्त्री तथा वातावरणमन्त्रीमा नियुक्त भएका हुन् ।

को हुन् नारदमुनि राना ?

२०२९ वैशाख १९ गते धनगढी उपमहानगरपालिका ९ धनगढी गाउँमा स्वर्गीय रत्तीराम राना थारु र सुदामा देवी राना थारुको कोखबाट जन्मिएका रानाले राजनैतिकशात्रमा स्नातकोत्तर गरेका छन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवालाई पराजित गरेका थिए । त्यो बेला रानाको मत २७ हजार २३२ थियो । राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी थिइन् ।

२०४३ सालमा अनेरास्ववियू पाचौँको सदस्य रहेका राना २०४६ को आन्दोलनमा थुनामा परेका थिए । २०४८ मा नेकपा एमाले तत्कालीन धनगढी नगरपालिका ८ का पार्टी सक्रिय दलमा रहेका राना २०४९ सालमा सचिव भए । त्यसपछि २०५१ साल सम्म उनले अध्यक्ष भएर काम गरे । २०५३ साल सम्म उनी नगर कमिटी सदस्य भए । ४ वर्ष उनी निर्वाचन क्षेत्रीय समन्वय कमिटीको सदस्य रहे । २०५६ देखि २०७२ साल सम्म १६ वर्ष उनी जिल्ला कमिटी र सचिवालय सदस्य रहे ।

२०७३ सालमा वैकल्पिक केन्द्रीय सदस्य भएका राना २०७५ सालमा केन्द्रीय सदस्य भएका थिए । अहिले राना नेकपा एमालेको सुदूरपश्चिम प्रदेश सह इन्चार्ज तथा कैलालीका इन्चार्ज छन् ।
चुनावकै बेला नेता रानालाई मन्त्री बनाउने भन्दै मत मागिएको थियो । तर, रानाले चुनाव जिते पनि मन्त्री बन्ने अवसर भने ३ वर्षपछि भएपछि मात्रै पाएका छन् । राना समुदायबाट उनी ३५ वर्ष पछि मन्त्री बनेका हुन् । २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत लबरु राना थारु २०४२ सालमा भूमि सुधार राज्य मन्त्री समेत भएका थिए ।

पुस ५ गते प्रतिनिधि सभा विघटनपछि तत्कालिन वनमन्त्री शक्ति बस्नेतले राजीनामा दिएसँगै डोटीबाट प्रतिनिधित्व गर्ने प्रेम आले वनमन्त्रालयको जिम्मेवारी पाएका थिए । तर जेठ २१ गते मन्त्रिमण्डल हेरफेरसँगै आलेको पद खोसिएको थियो ।

यो पनि

को हुन् गृहमन्त्री बनेका खगराज अधिकारी ?

नेपाल समूह छोडेका पहाडीलाई मन्त्री पद पुरस्कार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?