काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आम नागरिकले गुनासो नगर्ने गरी काम गर्न नेताहरुलाई निर्देशन दिएका छन् ।
पार्टीका केन्द्रीय सदस्यहरुलाई लक्षित गरेर आयोजना गरिएको ‘नागरिक, नीति र नेतृत्व’ विषायक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका सभापति लामिछानेले अहिले सरकारले गर्न नसकेका काममा नागरिकले प्रश्न नगरेको समेत बताए । अहिले आफूहरुलाई गरेको गल्तीमा समेत नागरिकले छुट दिएको बताउँदै यदी साच्चै मत हाल्ने नागरिकहरु रिसाएमा पार्टीलाई सोचे भन्दा बढी कठिन हुने स्पष्ट पारे ।
‘नागरिकले गुनासो गरिसकेका छैनन्, अहिले बोलेका छैनन्,’ उनले भने, ‘उनीहरुले बोल्ने दिन आयो भने हामीलाई गाह्रो हुन्छ । उनीहरुलाई बोल्ने दिन आउन नदिने काम तपाईँ हाम्रो हो ।’
यसैगरी पार्टी नेतृत्व र सरकार विधि भन्दा बाहिर नगएको र बाहिर नजाने समेत स्पष्ट पारे ।
चितवन महाधिवेशनले पारित गरेका सबै विषयहरु अक्षरस पालना हुने बताउँदै महाधिवेशनमा भएका कुराहरुलाई लिएर कुनै फुटको बाटोमा नलाग्न समेत आग्रह गरे ।
सभापति लामिछानेले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले बनाएको नियम अनुसार उम्मेदवार चयन गर्ने बताउँदै कसैले उम्मेदवार बनाउँछु भन्दा नपत्याउन समेत आग्रह गरे ।
मुलुकमा विधिको शासनका लागि आफूहरु आएको बताउँदै उनले विधिको शासनको लागि लोकतन्त्र महत्वपूर्ण हुने बताए । साथै पूराना राजनीतिक दलहरुले लोकतन्त्रका लागि ठूलो संघर्ष गरेको बताउँदै उनले लोकतन्त्र धरापमा परेमा केही पनि बाँकी नरहने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया