बालेन सरकारलाई ओलीले दिए ‘बारुला’ को संज्ञा

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आलोचना गर्दै यसलाई ‘बारुला’ जस्तो भएको टिप्पणी गरेका छन् ।

शनिबार नगरकोटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूलाई पक्राउ गरेर अरूलाई डर देखाउन खोजिएको दाबी गरे । बालेन नेतृत्वमा सरकार बनेपछि आफूलाई पक्राउ गरिएको प्रसंग उल्लेख गर्दै उनले त्यस्तो कदमले नागरिकलाई त्रसित बनाउन खोजिएको बताए ।

ओलीले भने, ‘केपी ओलीलाई समातेर थुनियो भनेर अरूलाई थर्कमान बनाउन खोजियो। यी बारुलाहरूले एक ठाउँमा चिल्लान्, केही हुँदैन । एकछिन दुख्ने हो ।’

उनले वर्तमान सरकारलाई ढुक्क भएर देशको जिम्मेवारी सुम्पने अवस्था नरहेको पनि बताए । बारुलासँग डराएर सधैँ देशको जिम्मेवारी उनीहरूलाई दिन नसकिने ओलीको भनाइ थियो।

सरकारले निजी क्षेत्रलाई समेत त्रसित बनाइरहेको ओलीले आरोप लगाए । सम्पत्ति जफत गर्ने र बैंक खाता रोक्का गर्नेजस्ता काम गरेर सरकार मुलुकलाई आर्थिक संकटतर्फ धकेल्ने प्रयासमा रहेको उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?