कोरोना संक्रमित सांसदले पनि मतदान गर्न पाउने, यसरी मिलाइयो व्यवस्था

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका सांसदहरुले सरकारको पक्ष/विपक्षमा मतदान गर्न पाउने भएका छन् ।

आज सभामुख अग्नीप्रसाद सापकोटाको अध्यक्षतामा बसेको संसदको कार्यव्यवस्था समितिको बैठकले त्यसको व्यवस्था गरिएको निर्णय गरेको हो ।

सोमवार (भोलि) प्रधानमन्त्री पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेका छन् । तर हालमम्म २६ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बसेको बैठकले कोरोना संक्रमित सांसदहरुलाई बाहिरै राख्ने र मतदानका बेला मात्रै भित्र लैजाने व्यवस्था गरिने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै पीसीआर टेस्ट गरेर रिपोर्ट नेगेटिभ आएका सांसदहरु मात्रै संसद भवन प्रवेश गर्न पाउनेछन् । हालसम्म ५० भन्दा बढी सांसदहरु कोरोना परीक्षण गर्न बाँकी रहेका छन् । उनीहरुको भोलि नै पीसीआर परीक्षण गरी रिपोर्ट निकाल्ने व्यवस्था गरिने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?