हालसम्म को-को सांसदमा कोरोना पुष्टि भयो ? (नामावलीसहित)

काठमाडौं । नेपालमा हालसम्म २६ जना संघीय सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संसद बैठक बस्ने प्रयोजनका लागि गरिएको पीसीआर परीक्षणका क्रममा १९ जना र बाँकी ८ जनाको आफैले गरेको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै बुधवार र बिहीवार सांसदसहित संसद सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरुको समेत कोरोना परीक्षण गरिएको थियो । सो क्रममा १८ जना सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यी हुन् कोरोना संक्रमण पुष्टि हुने २६ सांसदहरु

– झलनाथ खनाल

– मुकुन्द न्यौपाने

– मायादेवी न्यौपाने

– पार्वती डिसी चौधरी

– राजेन्द्रप्रसाद गौतम

– नन्दलाल रोका क्षेत्री

– लालबाबु पण्डित

– लक्ष्मणलाल कर्ण

– नरमाया ढकाल

– महेश बस्नेत

– रामबाबु यादव

– गोपालबहादुर बम

– नमीता कुमारी चौधरी

– शान्तिमाया तामाङ

– विना कुमारी श्रेष्ठ

– रेनुका गुरुङ

– जुलीकुमारी महतो

– रघुवीर महासेठ

– किसान श्रेष्ठ

– सुरेश कुमार राई

– पुष्पा कुमारी कर्ण कायस्थ

– भानुभक्त ढकाल

– बीना मगर

– भरतकुमार शाह

– प्रमोद शाह

– दिपकप्रकाश भट्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?