काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले अहिलेको राजनीतिक अवस्था मध्यनजर गर्दै आफ्नो सामाजिक सञ्जालमार्फत् त्यसको समाधानका निमित्त दुई उपाय सुझाएपछि उनी एकाएक विवादमा तानिएका छन् ।
उनले सुझाएका उपायहरुमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न टिकाटिप्पणी गर्न थालेपछि रिजालको ट्वीट तथा फेसबुक पोस्ट निन्दाको विषय बनेको हो ।
यस गतिविधिप्रति खेद प्रकट गर्दै उनले पुनः सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । रिजालले आफ्नो भनाइलाई अतिरञ्जित गरिएको आरोपसमेत लगाएका छन् । रिजालले लेखेका छन्, ‘मेरो फेसबुक र ट्वीटरमा लेखिएभन्दा बाहेक गरिएको अतिरञ्जना र हावादारीकरणप्रति खेद प्रकट गर्दछु ।’

उनले सुझाएका दुई विकल्पहरु भने यस प्रकार रहेका थिएः
१. प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको दुई वर्ष निरन्तरता
२. प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा २०७८ मंसिरमा निर्वाचन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया