काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा आज मंगलवार गएको हिमपहिरोमा परी एउटै घरका दुई व्यक्तिको ज्यान गएको छ । प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानका अनुसार हिमपहिरोमा अन्य दुईजना घाइते भएका छन् ।
त्यस हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलवार बिहानको यस प्राकृतिक प्रकोपमा परी एक पिता र उनकै छोराको मृत्यु भएको छ । त्यसैगरी एकै परिवारका दुईजना घाइते भएका अधिकारीहरु जनाएका छन् ।
अफगानिस्तानको बादाख्शान र छिमेकमा पर्ने तखार, कुन्दुज र बाघलान प्रान्तमा विगत दुई दिनदेखि वर्षा र हिउँ परेको दृश्य देखिएको समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया