अफगानिस्तानमा भारी वर्षा : १८ दिनमा करिब २०० जनाको मृत्यु

लोकपथ
49
Shares

काठमाडौं । अफगानिस्तानमा पछिल्लो १८ दिनदेखि जारी भारी वर्षा, हावाहुरी र विनाशकारी बाढीका कारण करिब २०० जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताका अनुसार हालसम्म १८९ जनाको मृत्यु भइसकेको छ भने ९ जना बेपत्ता छन् । यसैगरी २५३ जना घाइते भएका छन् ।

आधिकारिक रेडियो र टेलिभिजन अफगानिस्तानले हाफिज मोहम्मद युसुफ हम्मादलाई उद्धृत गर्दै जनाएअनुसार बाढीका कारण ठूलो भौतिक क्षति पनि भएको छ । हालसम्म १ हजार ३०३ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ५ हजार ८ सयभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ ।

मार्च २५ देखि अफगानिस्तानका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा, तीव्र हावा र आकस्मिक बाढी आइरहेको छ । मौसम विभागले मंगलबार देशका ३४ मध्ये १४ प्रान्तमा थप वर्षा हुने पूर्वानुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?