गिरिजाबाबुको लुम्बिनी क्षेत्रसँग विशेष र महत्वपूर्ण सम्बन्ध थियो : नेतृ कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाले पूर्व कांग्रेस सभापति एवम् प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको लुम्बिनी क्षेत्रसँग विशेष र महत्वपूर्ण सम्बन्ध रहेको बताएकी छिन् ।

गिरिजा बाबुको ११ औँ स्मृति दिवसको सन्दर्भमा गिरिजाप्रसाद कोइराला फाउण्डेसन रुपन्देहीको आयोजनामा विश्व शान्तिको केन्द्र भुमी लुम्बिनीमा शान्ति दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उनकी छोरी समेत रहेकी नेतृ कोईरालाले त्यस्तो बताएकी हुन् ।

गिरिजाबाबुले लुम्बिनीको वृहत्तर विकासका लागि चासो राख्ने र लुम्बिनीलाई सँधै अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनाउनको लागि क्रियाशिल रहेको बताइन् ।

‘गिरिजाबाबुको लुम्बिनी क्षेत्रसंग बिशेष र महत्वपुर्ण सम्बन्ध थियो। लुम्बिनीको बृहत्तर बिकासको लागि सधै नै चासो राखी रहनुहुन्थ्यो। सम्पूर्ण बुद्ध धर्मालम्बीहरु को आस्थाको केन्द्रको रुपमा रहेको तथा नेपालको धार्मिक तथा पर्यटनको प्रचुर सम्भावना रहेको लुम्बिनी क्षेत्रलाइ हामीले जति प्राथमिकता साथ अगाडी बढाउनु पर्ने थियो त्यो हुन नसकेकोमा गिरिजा बाबु सधै त्यसलाई कसरि तिब्र गतिमा विकास गरेर अन्तराष्ट्रिय आकर्षणको केन्द्र बनाउन सकिन्छ भनेर क्रियासिल रहनुहुन्थ्यो।’ उनले भनिन् ।

त्यस्तै गिरिजाबाबुले विश्व शान्तिको केन्द्रको रुपमा लुम्बिनीलाइ विकास गर्न थप पहल गर्नका लागि स्थानीय समितिलाई निर्देशन दिएका थिए । जसअनुसार उक्त सम्मेलनको उद्घाटन सन् २००१ मा भएको र बृहत लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्नको लागि पनि पहल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?